Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गोरखा र गुल्मीका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

गोरखा र गुल्मीका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

  • 62
    SHARES
  • गोरखा र गुल्मीका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

    काठमाडौं । गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बाढीले बगाएको छ ।

    गत असोज २५ गते बिहान चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको थियो । खोला थुनिएर बुढीगण्डकी नदीमा बाढी आएपछि पुल बगाएको प्रहरीले जनाएको छ । पुल बगाएसँगै उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्सेमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ः४० बजे माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । प्रहरीले बिहीबार बिहान सूचना सार्वजनिक गर्दै दुवै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij