Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आज ३२ सय ६० जनामा संक्रमण, ३२ जनाकाे निधन

आज ३२ सय ६० जनामा संक्रमण, ३२ जनाकाे निधन

  • 502
    SHARES
  • आज ३२ सय ६० जनामा संक्रमण, ३२ जनाकाे निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २६० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ८०६ पीसीआर गर्दा २,४७३ र ४ हजार ६५६ एन्टीजेन परीक्षण गर्दा ७८७ जनामा संक्रमण पुष्टि भएको छ ।

    आज २ हजार २९४ जना संक्रमणमुक्त भएका छन् भने ३२ जनाको संक्रमणको कारणले निधन भएको छ ।

    हाल सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ । जसमध्ये ३४ हजार ८३८ होम आइसोलेसनमा र ३ हजार ३४२ जना संस्थागत आइसोलेनमा रहेका छन् ।

    संस्थागत आइसोलेसनमा रहेकामध्ये ७३७ आइसीयूमा र १८३ जना भेन्टिलेटररमा उपचारत छन् ।

    हालसम्म नेपालमा ७ लाख ९८ हजार ६५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।

    त्यसैगरि ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ हजार २१२ जनाको निधन भएको छ । कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij