Logo

२०८३, आश्विन २८ गते बुधवार

२०८३, आश्विन २८ गते बुधवार

पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव

पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव

  • 49
    SHARES
  • पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव

    काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू-भाग तथा देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ।

    देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    यस्तै आज राती कर्णाली र सूदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij