Logo

२०८३, आश्विन २९ गते बिहिवार

२०८३, आश्विन २९ गते बिहिवार

२४ घण्टामा ६५८ सवारी कारबाहीमा

२४ घण्टामा ६५८ सवारी कारबाहीमा

  • 65
    SHARES
  • २४ घण्टामा ६५८ सवारी कारबाहीमा

    काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६५८ सवारीसाधनमाथि कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ असोज २८ गते बिहान ६ बजेसम्मको २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४७, तीव्र गतिमा चलाउने ६६ र सिसिटिभीमार्फत पहिचान गरिएका २३ सवारीसाधनमाथि कारबाही गरिएको छ ।

    त्यस्तै, ट्राफिक बत्ती उल्लंघन गर्ने २३, अवस्था ठीक नभएका सवारीसाधन ३१, लेन अनुशासन उल्लंघन गर्ने नौ, अनावश्यक हर्न बजाउने आठ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने दुई सवारीसाधनमाथि कारबाही गरिएको छ । अन्य नियम उल्लंघनमा ४४९ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij