काठमाडौं– जर्मन बुन्डेसलिगाको नयाँ सिजन आज शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडबाखको सामना गर्नेछ ।
लगातार ९ उपाधि जितेको बायर्न यो पटक लगातार दशौं उपाधि जित्ने योजनामा छ। त्यो योजनाको नेतृत्व ३४ बर्षीय नयाँ प्रशिक्षक जुलियन नागेल्समनले गर्नेछन्।
तर, बायर्नलाई अन्य केही क्लबले पक्कै टक्कर दिनेछन्। त्यही मध्येको हो बोरुसिया डर्टमण्ड। तर, विंगर जाडोन सान्चोले म्यानचेस्टर युनाइटेडका लागि लागि क्लब छाडेका छन् । तर पनि बायर्नको प्रमुख प्रतिद्वन्द्वी फेरि एकपल्ट डर्टमण्ड नै हुनेछ । डर्टमण्डमा पनि नयाँ प्रशिक्षक छन् र उनी हुन्, मार्को रोस ।
डच फरवार्ड डोनएल मालेन पीएसजी आयनहोभजनबाट आएका छन् । उनले अर्लिङ ब्रट हालाण्ड, मार्को रेयस र जियाभानी रेयनालाई साथ दिनेछन् । लिगमा उसले शनिबार इन्ट्राख्ट फ्रायन्कफर्टको सामना गर्नेछ । त्यसको चार दिनपछि जर्मन सुपरकपमा बायर्नसँग भिड्ने छ ।
आरबी लाइपजिग, भीएफएल उल्फबर्ग, बोरुसिया मोन्चेनग्लाडबाख लगायतका क्लबले पनि बायर्नलाई टक्कर दिनेछन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij