Logo

२०८३, कार्तिक ४ गते मंगलवार

२०८३, कार्तिक ४ गते मंगलवार

अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार

अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार

  • 43
    SHARES
  • अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार

    काठमाडौं । हिन्दी चलचित्रका चर्चित अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ जुहु क्षेत्रमा घरबाट बाहिर निस्कने क्रममा अज्ञात व्यक्तिहरूले श्राफको गाडीमाथि आक्रमण गरेका थिए ।

    घटनाका क्रममा चार राउन्ड हवाई फायर गरिएको जनाइएको छ । भारतीय समाचार संस्था एएनआईले प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा अभिनेता श्राफ सुरक्षित रहेको, तर उनका गाडी चालकसहित दुई जना घाइते भएको जनाएको छ ।

    घटनाको अनुसन्धानका लागि मुम्बई प्रहरीले १५ वटा टोली गठन गरेको बताइएको छ । आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । टाइगर श्राफ चर्चित अभिनेता ज्याकी श्राफका छोरा हुन् । एएनआई

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij