Logo

२०८३, आश्विन ३० गते शुक्रवार

२०८३, आश्विन ३० गते शुक्रवार

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य निर्वाचित

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य निर्वाचित

  • 204
    SHARES
  • कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन् ।

    सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन् । त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा शुभराम बस्नेतले ५३५ मत पाएका छन् । खस आर्यतर्फको सहमहामन्त्री पदमा चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए । मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मतसहित पहिलो स्थान हासिल गर्दा केसी २ हजार १९९ मतसहित दोस्रो स्थानमा रहे।

    कोइरालाले १ हजार २४६ मत र बस्नेतले ५३५ मत प्राप्त गरेका छन् । आचार्य र केसीबीचको मतान्तर ४४९ रहेको छ । कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट आचार्य खस आर्यतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij