Logo

२०८३, कार्तिक ९ गते आइतवार

२०८३, कार्तिक ९ गते आइतवार

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित

  • 67
    SHARES
  • कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित

    काठमाडौं । साविक कर्णाली क्षेत्रबाट पत्रकारिता विषयमा पहिलो पटक विद्यावारिधि (पीएचडी) हासिल गर्न सफल डा। लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मान गरेको छ । खस साहित्य समाजका संस्थापक सदस्यसमेत रहेका चन्दननाथ नगरपालिका-१० निवासी डा.देवकोटालाई समाजले एक विशेष समारोहका बिच दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मानित गरेको हो ।

    पत्रकारिता क्षेत्रमा उच्च शिक्षा हासिल गरी साविक कर्णाली क्षेत्रकै गौरव बढाएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो । समाजद्वारा प्रदान गरिएको सम्मान पत्रमा जुम्लाबाट पत्रकारिता विषयमा विद्यावारिधिको उपाधि हासिल गरेकोमा बधाई ज्ञापन गर्दै खस भाषा, खस साहित्य, खस समाज तथा खस सभ्यताको संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च कदर गरिएको उल्लेख छ ।

    लामो समयदेखि पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा सक्रिय डा.देवकोटाको यो उपलब्धिले सिंगो कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा ठूलो उत्साह थपेको समाजले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij