Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

प्रतिनिधिसभाको बैठक साउन ३२ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक साउन ३२ गतेसम्मका लागि स्थगित

  • 668
    SHARES
  • प्रतिनिधिसभाको बैठक साउन ३२ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी ३२ साउनसम्मका लागि स्थगित भएको छ ।

    आजको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले बैठक सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

    शुत्रबारको बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको थियो ।

    एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।

    उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij