Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

  • 63
    SHARES
  • मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

    काठमाडौं । १५ औं महाधिवेशनको तयारीमा जुटेको देउवापक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदेखि विराटनगरमा सुरु भएको छ ।  नियमित महाअधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको प्रमुख आतिथ्यमा अधिवेशन सुरू भएको हो ।

    अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरूको पनि सहभागिता थियो । संयोजक कोइरालाले पार्टीका कुुनै पनि नेता तथा कार्यकर्ताका विषयमा टिप्पणी नगरी कोइराला निवासमा आफूले विताएको बाल्यकालको सम्झना गरे । उनले राजनीति सिधा बाटोमा नहिँड्ने भन्दै निरन्तर प्रयासले मात्रै सफलतामा पुर्‍याउन सकिने बताएका थिए ।

    जिल्ला अधिवेशनमा सहभागी देउवा पक्षीय अन्य नेताहरूले भने कांग्रेसलाई गगन थापाहरूले प्रायोजित रूपमा अपहरण गरेको आरोप लगाएका थिए । उद्घाटन सत्रमा सम्बोधन गर्ने अधिकांश केन्द्रीय नेताहरूले यस्तो आरोप लगाएका हुन् । सोक्रममा नेताहरू प्रकाशशरण महत, मोहन बस्नेत, कृष्णप्रसाद सिटौला लगायतका नेताले आफनो धारणा राखेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij