Logo

२०८३, कार्तिक १५ गते शनिवार

२०८३, कार्तिक १५ गते शनिवार

सडक छेउको खाल्डोमा एकजना मृतअवस्थामा फेला

सडक छेउको खाल्डोमा एकजना मृतअवस्थामा फेला

  • 85
    SHARES
  • सडक छेउको खाल्डोमा एकजना मृतअवस्थामा फेला

    काठमाडौं । सर्लाहीको बलरा नगरपालिका-१ मिर्जा हतिऔलमा सडक छेउको खाल्डोमा एक पुरुष मृतअवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीयले खाल्डोमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    मृतकको तत्काल पहिचान खुल्न नसकेको र उनी अन्दाजी ३० देखि ३५ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

    एक साताअघि दसैँका दिन सर्लाहीको गोडैतामा घाँटी काटिएको अवस्थामा उखुबारीमा बालिकाको शव फेला परेको थियो भने बलरामा पनि एक पुरुषको शव फेला परेको छ । दुवै घटनामा मृतकका परिवारले हत्या भएको दाबी गर्दै आएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij