Logo

२०८३, कार्तिक १५ गते शनिवार

२०८३, कार्तिक १५ गते शनिवार

सात प्रदेशमा भारी वर्षाको सम्भावना

सात प्रदेशमा भारी वर्षाको सम्भावना

  • 68
    SHARES
  • सात प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने देखिन्छ । हाल देशभर साधारणतया बादल लाग्नेको छ । कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान,तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ । 

    आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij