Logo

२०८३, कार्तिक १५ गते शनिवार

२०८३, कार्तिक १५ गते शनिवार

एनपीएल : सुदूरपश्चिम र विराटनगरको खेल ढिलाइ

एनपीएल : सुदूरपश्चिम र विराटनगरको खेल ढिलाइ

  • 85
    SHARES
  • एनपीएल : सुदूरपश्चिम र विराटनगरको खेल ढिलाइ

    काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आज हुने भनिएको सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच दोस्रो खेल वर्षाका कारण प्रभावित भएको छ। ५ बजेदेखि खेल सञ्चालन हुने भएपनि वर्षाका कारण मैदान भिजेकाले अहिलेसम्म टस समेत हुन सकेको छैन। 

    वर्षा रोकिएको भएपनि  त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानको आउटफिल्ड भिजेका कारण अहिलेसम्म टस हुन नसकेको हो। आउटफिल्ड सुकाउने काम भइरहेको छ। ओभर घटाएर भएपनि खेल सञ्चालन गर्ने तयारी क्यानको रहेको छ। एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो । 

    हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ । यसअघि आजै हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाकै कारण रद्द भएको थियो। यो खेल टस नै हुन नपाएर खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले १र१ अंक बाँडेका छन्। अंक बाँडेसँगै लुम्बिनी ३ अंकसहित दोस्रो र समान ३ अंकसहित चितवन तेस्रोमा उक्लिएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij