वेबटिभी खबर
काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर गरिएकाे परीक्षणमा ३९ सय १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । १८ हजार ५८२ जनाकाे नमुना परीक्षण गर्दा झण्डै चार हजारजनामा संक्रमण पुष्टि भएकाे हाे ।
नेपालमा केही दिनयता दैनिक काेराेना संक्रमित हुने दर बढेकाे छ ।
याे अवधिमा २१ सय १८ जना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । त्यसैगरी २७ जनाकाे संक्रमणकै कारण निधन भएकाे छ ।
हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ ।
जसमध्ये ३५ हजार ५१८ होम आइसोलेसनमा र ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा रहेकामध्ये ७३६ आइसीयूमा र १८६ जना भेन्टिलेटरमा उपचारत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij