Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

निकारागुवाको चिनान्डेगा सहर ज्वालामुखीको धुलोले ढाकियो

निकारागुवाको चिनान्डेगा सहर ज्वालामुखीको धुलोले ढाकियो

  • फाल्गुण २६, २०७७ बुधवार १५:२१ बजे
  • 674
    SHARES
  • निकारागुवाको चिनान्डेगा सहर ज्वालामुखीको धुलोले ढाकियो

    मानागुवा । मध्य-अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी विस्फोट हुँदा चिनान्डेगा शहर र त्यसको आसपासको क्षेत्रको आकाश धुँवा र धुलोले ढाकिएको छ । 

    स्थानीय सञ्चार माध्यमका अनुसार मंगलबारको उक्त बिस्फोट निकै शक्तिशाली रहेको र आकाशमा धुँवा र खरानीजस्तै धुलो १७ किलोमिटरसम्म फैलिएको थियो । सान क्रिस्टोबलमा सामान्यतया वर्षैभरि ज्वालामुखी सक्रिय हुने गर्दछ । 

    स्थानीय पत्रकार कारोल अल्टामिरानोले धुँवा र धुलोका कारण किसानको धान, तरकारी र फलफूल तथा गाईवस्तुका चरन सबै खैरो धुलोले ढाकिएको जानकारी दिए । इनेटर अध्ययन इन्स्टिच्यूटले ज्वालामुखीको तीव्रता आगामी दिनमा घट्ने र जनजीवनमा त्यति खतरा उत्पन्न नहुने बताएको छ । यसपटकको ज्वालामुखी विस्फोटबाट करिब ३० मिनेटसम्म धुँवा र धुलो आकाशमा आएको थियो ।

    सडकमा गुडिरहेका सवारी साधनले प्रकाश मधुरो भएपछि दिउँसै बत्ती बाल्नु परेको थियो । किसानहरुले पानीका स्रोतलाई छोप्नुका साथै गाईवस्तुलाई सुरक्षित स्थानमा लगेका थिए । सहरमा मानिसले छाता ओढ्ने, टोपी लगाउने र अनुहारमा मास्क लगाउने गरेका थिए । करिब एक हजार ७४५ अग्लो सान क्रिस्टोबलको ज्वालामुखी क्षेत्र मध्य अमेरिकी क्षेत्रको सातौं हो । यो क्षेत्र राजधानी मानागुवादेखि उत्तरपश्चिम करिब १३२ किलोमिटर टाढा चिनान्डेगा क्षेत्रमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # ज्वालामुखी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij