Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

छठका लागि सजिदै धनगढीको मोहना घाट

छठका लागि सजिदै धनगढीको मोहना घाट

  • 51
    SHARES
  • छठका लागि सजिदै धनगढीको मोहना घाट

    काठमाडौं । आज देखि छठ पर्व सुरू भएको छ । कात्तिक शुक्ल चतुर्थि देखि सुरू हुने छठको पहिलो दिन आज नहाय(खाय विधि गरिन्छ । छठको पूजाका लागि धनगढीको मोहना घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ । छठ व्यवस्थापन समिति धनगढीका अध्यक्ष सन्तोष मण्डलले घाट सजावटको काम ८५ प्रतिशत पूरा भई सकेको बताए ।

    सष्टि तिथिका दिन अस्ताउदो सूर्यलाई जल चढाउन ताल, तलैया वा नदी किनार आवश्यक पर्ने गरेको बताउदै अध्यक्ष मण्डलले सो दिन सम्म सम्पूर्ण तयारी पूरा भईसक्ने बताए । उनका अनुसार यसबर्ष मोहना घाटमा करिव २ सय वर्तालुले सूर्यलाई जल चढाउने अनुममा गरिएको छ । त्यसकालागि १५० वटा भन्दा बढी स्टल तयार गरिएको उनले बताए । 

    अध्यक्ष मणडलका अनुसार भारतको गौरिफण्टा नाकासंग सीमाना जोडीएको मोहना घाटमा सुरक्षाका लागि प्रशासन र प्रहरीलाई आग्रह गरिएको छ । वर्तालू संगै श्रद्दालू र अन्य व्यक्तिको पनि आगमन हुने हुदा मोहनाघाटमा सष्टि तिथिको राती दुई तीन हजार भन्दा बढी व्यक्तिको आगमन हुने अनुमान गरिएको उनले बताए । सोही अनुसार सुरक्ष व्यवस्थाका लागि आग्रह गरिएको अध्यक्ष मण्डल बताउछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij