Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

  • 453
    SHARES
  • तेस्रो लहरको सम्भावनालाई  मध्यनजर गर्दै अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

    काठमाडौं । सरकारले कोभिड-१९ को दोस्रो लहरमा एक्कासी बढेको संक्रमितको सङ्ख्याले तेस्रो लहरको सम्भावनालाई नकार्न नसकिने परिस्थितिको आकलन गर्दै पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ तथा स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड-१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

    मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूमा प्रत्यायोजन गर्नाका साथै केन्द्र तथा अन्य निकायसँग समन्वय र सहकार्य गर्न निर्देशन पनि दिएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij