Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

  • श्रावण ३०, २०७८ शनिवार ०८:४५ बजे
  • 480
    SHARES
  • मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

    काठमाडौं– मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताएका छन्। उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीलाई लगाइने सरकारले जनाइसकेको छ ।

    विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको समचार आजको गोरखापत्र दैनिकले लेखेको छ। 


    यसरी सम्झौता गरेर खोप खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश हो । ‘२०२२ को मार्चदेखि खोप आउनेछ । यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर–किशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij