Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लेवान्डोस्कीले बनाए रेकर्ड, हारबाट जोगियो बायर्न 

लेवान्डोस्कीले बनाए रेकर्ड, हारबाट जोगियो बायर्न 

  • श्रावण ३०, २०७८ शनिवार ०९:०१ बजे
  • 432
    SHARES
  • लेवान्डोस्कीले बनाए रेकर्ड, हारबाट जोगियो बायर्न 

    काठमाडौं– जर्मन बुन्डेसलिगाअन्तर्गत लिगको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख हारबाट जोगिएको छ। बोरुसिया मोन्छेनग्लाडबाखको मैदान बोरुसिया पार्कमा शुक्रबार राति भएको खेलमा घरेलु टिमसँग १–१ गोलको बराबरी खेल्दै बायर्न हारबाट जोगिएको हो।

    खेलको नवौं मिनेमै ग्लाडबाखका एलासानले प्लिले गोल गरेपछि बायर्न एक गोलले पछि परेको थियो। तर, पहिलो हाफकै ४२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले र्कीर्तिमानी गोल गरेर बायर्नलाई हारबाट माथि ल्याए।

    लेवान्डोस्कीले बुन्डेसलिगाको लगातार सात सिजनमा ओपनिङ गोल गरेका छन्। साथै उनले बुन्डेसलिगाका लगातार ११ खेलमा गोल गर्दै यस दौरान १८ गोल पुर्‍याएका छन्। 
     

    यता ग्लाडबाखले पनि नवौँ मिनेटको प्रहार बाहेक अन्य प्रहारलाई गोलमा बादल्न सकेन्। लेवान्डोस्की र स्टिन्डी दोस्रो हाफमा विजयी गोल नजिक पुगे पनि गोल गर्न सकेनन्।

    यो बराबरीसँगै लिगको पहिलो खेलमा बायर्न र ग्लाडबाखले समान १–१ अंक बाँडेका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij