Logo

२०८३, मंसिर १३ गते शनिवार

२०८३, मंसिर १३ गते शनिवार

१०औँ राष्ट्रिय खेलकुद अन्तर्गत आज नौ खेल हुँदै

१०औँ राष्ट्रिय खेलकुद अन्तर्गत आज नौ खेल हुँदै

  • 55
    SHARES
  • १०औँ राष्ट्रिय खेलकुद अन्तर्गत आज नौ खेल हुँदै

    काठमाडौं । जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ । खेल तालिकाअनुसार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन् ।

    महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला तथा पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछ । त्यस्तै, पुरुष फुटबल मुख्य रंगशालामा र महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछ । यसैगरी, टेनिस बर्दियामा, कबड्डी मुख्य कबड्डी हलमा र जिम्न्यास्टिक मिनी कबड्डी हल सुर्खेतमा आयोजना हुनेछ । फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल सुर्खेतमा सञ्चालन हुँदा शारीरिक सुगठनका प्रतिस्पर्धा रुकुम पश्चिमको चौरजहारीमा हुनेछन् ।

    खेल तालिकाअनुसार शारीरिक सुगठनका प्रतिस्पर्धा बिहान ८ बजेदेखि सुरु हुनेछन् । टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट र फुलकन्ट्याक्ट कराँते बिहान ९ बजेदेखि सञ्चालन हुनेछन् । त्यस्तै, महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका खेल पनि बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न खेल विधाका प्रतिस्पर्धा कर्णाली प्रदेशसहित बाँके, बर्दियालगायतका जिल्लामा सञ्चालन भइरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij