Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माओवादीको विधान मस्यौदा तयार– केन्द्रीय कमिटीमा २ सय ९९, पार्टी सेलमा ११ सदस्य रहने

माओवादीको विधान मस्यौदा तयार– केन्द्रीय कमिटीमा २ सय ९९, पार्टी सेलमा ११ सदस्य रहने

  • 865
    SHARES
  • माओवादीको विधान मस्यौदा तयार– केन्द्रीय कमिटीमा २ सय ९९, पार्टी सेलमा ११ सदस्य रहने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीको विधान मस्यौदा तयार गरेको छ । आइतबार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको ५२ पेज लामो अन्तरिम विधान २०७८ पारित भएपछि उक्त विधान वैधानिक व्यवस्थामा जानेछ ।

    २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, जिल्ला समिति ९९ सदस्यीय, विशेष जिल्ला समिति ६५ सदस्यीय, महानगर समिति ९९ सदस्यीय,  उपमहानगर समिति ८१ सदस्यीय, नगर समिति ६५ सदस्यीय, गाउँ समिति ५५ सदस्यीय, पार्टी सेल मा ११ सदस्यीय

    माओवादी केन्द्रको प्रस्तावित विधान साविक नेकपाकै विधानको निरन्तरताजस्तो देखिएको छ ।  नेकपा एमालेले अवलम्वन गरेका संगठनात्मक संरचना र ढाँचाहरूमा माओवादी केन्द्रको अन्तरिम विधान गएको छ ।

    अधिकांश विधानका व्यवस्था एमाले र साबिक नेकपाकै हुबहु रहे पनि एमालेले प्रस्तावित विधान मस्यौदामा हटाएको वैकल्पिक सदस्यको प्रावधान माओवादीले अभ्यास गर्न खोजेको छ । त्यसबाहेक अन्य संठनात्मक संरचना नेकपाकै निरन्तरताका रूपमा छन् ।

    २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, उक्त कमिटीले चयन गर्ने पदाधिकारी र केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने नयाँ व्यवस्था विधानमा छ ।  यस्तै माओवादीले सेल कमिटीदेखि केन्द्रीय कमिटी सम्मको सदस्य संख्या पनि निर्धारण गरेको छ ।

    माओवादीको जिल्ला समिति ९९ सदस्यीय, विशेष जिल्ला समिति ६५ सदस्यीय र महानगर समिति ९९ सदस्यीय रहने व्यवस्था गरेको छ । यस्तै उपमहानगर समिति ८१, नगर समिति ६५, गाउँ समिति ५५ सदस्यीय रहने व्यवस्था गरेको छ । सबैभन्दा तल्लो तह पार्टी सेल मा ११ सदस्य रहने निर्धारण भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij