वेबटिभी खबर
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा पार्टीका सदस्यहरुको संख्या १ लाख १२ हजार ३ सय ७३ रहेको दाबी गरेको छ । बागमती प्रदेशमा माओवादीका केन्द्रीय सदस्यहरुको संख्या ३५ रहेको छ ।
पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्दै पार्टीका नेता नारायण दाहालले बागमती प्रदेशका सदस्यहरुको संख्या प्रस्तुत गरेका हुन् ।
केपी ओलीविरुद्ध भएको प्रतिगमन विरोधी आन्दोलनमा बागमती प्रदेशले महत्वपूर्ण भूमिका खेलेको दाहालले रिपोर्टिङ गरे । माओवादीको केन्द्रीय कमिटीको जारी बैठक आइतबार ९आज० नै सम्पन्न हुने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij