Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लैगिंक हिंसाविरुद्ध अनुशिक्षण तालिम

१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लैगिंक हिंसाविरुद्ध अनुशिक्षण तालिम

  • फाल्गुण २६, २०७७ बुधवार १९:०३ बजे
  • 997
    SHARES
  • १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लैगिंक हिंसाविरुद्ध अनुशिक्षण तालिम

    काठमाडौं । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीमा पाँच दिने लैंगिक हिंसाविरुद्ध अनुशिक्षण तालिम संचालन भएको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल र यूएन डिपीको सहकार्यमा फागुन २३ गते सुरु भएको उक्त तालिम फागुन २८ गतेसम्म संचालन हुनेछ । 

    सो अनुशिक्षण तालिममा लैंगिंक शाखा तथा क्षेत्रीय लैंगिक ईकाईका काम कर्तव्य र अधिकार, लैंगिकता र योनिकताको अवधारण, लैंगिकताको दृष्टिकोणबाट कोभिड-१९, महिला बिरुद्ध हुने हिंसा सम्बन्धी हालसम्मको घटनाक्रम तथा सबै किसिमका भेदभाव उन्मुलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र विषयमा प्रशिक्षण प्रदान गरिने कुरा सो तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले जानकारी गराइन् । 

    यसैगरी सो तालिममा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावना नम्बर १३२५ र १८० लैंगिक हिंसा न्यूनिकरण र राष्ट्रिय संयन्त्रहरु (कार्यस्थलमा हुने यौनजन्य हिंसा), अपाङ्गता र लैंगिकता, घरेलु हिंसा कसूर तथा सजाय ऐन २०६६, लैंगिक हिंसाविरुद्धको सरकारी प्रयास, विवाह सम्बन्धी कसूर र सम्बन्ध बिच्छेद लगायत मानव बेचविखन तथा ओसार-पसार जस्ता विषयमा आन्तरिक तथा अतिथि प्रशिक्षकहरुद्वारा प्रशिक्षण गराइने कुरा सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले बताइन् । 
     
    सो अनुशिक्षण तालिममा प्रदेश नम्बर २ स्थित नेपाल एपीएफ एकाईमा कार्यरत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij