Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

साउने सोमबार व्रत समापन, शिवालयमा उल्लेख्य भक्तजन [११ तस्बिर] 

साउने सोमबार व्रत समापन, शिवालयमा उल्लेख्य भक्तजन [११ तस्बिर] 

  • 697
    SHARES
  • साउने सोमबार व्रत समापन, शिवालयमा उल्लेख्य भक्तजन [११ तस्बिर] 

    काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित सुरु गरेको व्रत आज विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गरिँदै छ ।

    RA_Deukhuri-_073321.jpg साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा  जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्दै आएका हुन् ।

    BimalbahadurBist_Doti_RSS_32_pujagardai.jpg

    धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउँछन् ।

    CKK_KTM-RSS-50417409.jpgचन्द्रमासअनुसार साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरूपमा शिवजीको आराधना गर्नुपर्ने  शास्त्रीयविधि रहेको उनी  सुनाउँछन् । 

    RanjitaAdhikari_Deukhuri_RSS_32_(3).jpg

    यसवर्ष साउनमा ४, ११, १८, २५ र ३२ गते गरी पाँच वटा सोमबार परेकामा आज अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गर्न लागिएको हो । नयाँ व्रत सुरु गर्नेले पाँचवटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भनिए पनि यो कुरा शास्त्रसम्मत  नभएको पूर्वअध्यक्ष गौतमको भनाइ छ ।

    RanjitaAdhikari_Deukhuri_RSS_32_(1).jpg

    शास्त्रीय मान्यताअनुसार चारवटा सोमबार परेको वर्षदेखि पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् । यो व्रत लिनेले यस लोकमा सुख शान्ति पाउनका साथै परलोकमा सद्गति मिल्ने शिवपुराणलगायत धर्मग्रन्थमा उल्लेख छ । साउने सोमबार र तिजको हरितालिका व्रत महिलाले मात्र लिनुपर्छ भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः महिलाले परिवारमा सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् ।

    JS_Lamjung_1576.jpg 
      धेरैले शिवजीको महिना भनी साउनमा मांस र मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको भीड लाग्ने गर्छ तर यसवर्ष नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको जोखिम कायमै रहेका कारण बोल बम यात्रा भने विगत वर्षजस्तो हुन सकेन । भक्तजनले जल ल्याई पशुपतिमा चढाउन नपाए पनि फाट्टफुट्टरूपमा खुला रहेका शिवालयमा भने चढाएका छन् ।

    KrishnaNeupane_Damauli_RSS_32_saunesombarbhaktajanphoto.jpg

    वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म बोलबम गरी जल चढाउने गरिएकामा यस वर्ष कोरोनाकै कारण सम्भब भएन । भोलेनाथ काँवरिया तथा बोल बम काँवरिया सङ्घलगायत संस्थाले यसवर्ष बोल बम काँवर यात्रा स्थगित गरेका थिए । धेरैजसोले घरमा प्रत्येक वर्ष साउनको कुनै एक दिन वैदिक रुद्राभिषेकसमेत गर्ने गर्छन् ।

    RA_Deukhuri_064544.jpg
     
    साउनमा विशेष भीड लाग्ने पशुपतिनाथ मन्दिरलगायत ठूला शिवालय यसवर्ष कोरोनाको त्रासका कारण बन्द गरिएकाले भक्तजनले बन्द रहेको पशुपति मन्दिर परिसरबाटै दर्शन गर्दै आएका छन् ।

    CKK_KTM-50399489.jpgआज अन्तिम सोमबार पशुपति परिसरमा बिहानैदेखि उल्लेखनीय रुपमा भक्तजनको भीड लागे पनि मूल मन्दिरभित्र स्वास्थ्य सुरक्षाकै कारण प्रवेश गर्न नदिइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए । 

    CKK_KTM_50456321.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij