Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बागमती प्रदेश प्रहरी कार्यालयद्वारा मातहतका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता

बागमती प्रदेश प्रहरी कार्यालयद्वारा मातहतका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता

  • 606
    SHARES
  • बागमती प्रदेश प्रहरी कार्यालयद्वारा मातहतका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता

    काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षका लागि मातहतका १४ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । सोमबार भिडियो कन्फ्रेन्समार्फत आयोजना गरिएको  ‘कार्यसम्पादन सम्झौता एवम् मासिक मुल्यांकन मापदण्डको शुभारम्भ’ कार्यक्रममार्फत सम्झौता भएको हो ।

    बागमती प्रदेश प्रहरी कार्यालयले मासिकरूपमा सम्पादन गर्नुपर्ने कामको सूचक निर्धारण गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) प्रकाशजंग कार्की र मातहत कार्यालय प्रमुखबीच कार्यसम्पादन सम्झौता भएको हो ।

    कार्यसम्पादन सम्झौतामा रहेका सूचकको मासिक मुल्यांकन गरी मातहत कार्यालयको कार्यसम्पादनको स्तरसमेत निर्धारण गरिने बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

    बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालीम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र २ वटा गण मुख्यालय गरी १४ वटा प्रत्यक्ष मातहतका कार्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको उनले बताए ।

    प्रहरी कर्मचारीले गर्ने सेवा प्रवाहलाई प्रणालीबद्ध बनाउने र शान्ति सुरक्षा एवम् अपराध रोकथाम तथा नियन्त्रणलगायतका कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार गरिएको उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij