Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बालबालिकालाई कोरोना संक्रमण हुन नदिन अभिभावकले ध्यान दिनुपर्ने कुरा

बालबालिकालाई कोरोना संक्रमण हुन नदिन अभिभावकले ध्यान दिनुपर्ने कुरा

  • 623
    SHARES
  • बालबालिकालाई कोरोना संक्रमण हुन नदिन अभिभावकले ध्यान दिनुपर्ने कुरा

    काठमाडौं । कोरोनाविरुद्धको नेपालमा हाल उपलव्ध खोपहरु १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई लगाउन मिल्दैन । यस्तो अवस्थामा संक्रमणको तेस्रो लहरले बालबालिकालाई असर गर्नसक्ने कुराले अभिभावकहरु चिन्तित भइरहेका छन् । 

    विभिन्न अध्ययनकाअनुसार बच्चाहरुमा संक्रमणको स्थायी प्रभाव नहुन सक्छ । तर पनि संक्रमण हुनसक्ने सम्भावना भने हुन्छ । विश्वभरि खोप अभियान चलेकाले खोप लवगाउन नपाएका बालबालिकालाई तेस्रो लहरले असर गर्नसक्ने स्वास्थ्यविज्ञहरुले पनि बताउँदै आएका छन् । 

    यस्तो अवस्थामा बालबालिकालाई संक्रमण हुन नदिन अभिभावकले केही कुरामा ध्यान दिनुपर्छ । अभिभावले राम्रोसँग हेरचाह गर्दा बालबालिका संक्रमित हुने संभावना कम हुन्छ । 

    अभिभावकले कसरी गर्ने हेरचाह ?
    सेन्टर फर डिजीज कन्ट्रोलद्धारा जारी गरिएको जनस्वास्थ्य मापदण्डअनुसार दुई वर्ष र त्यसभन्दा बढी उमेर भएका बालबालिकालाई सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउनु पर्छ । 

    सानो उमेरको बालबालिकालाई मास्क लगाउँदा उनीहरुले उकुसमुकुस भएको महशुस गर्न सक्छन् । यस्तो अवस्थामा उनीहरुलाई मास्क लगाइदिएपछि असुरक्षित स्थानमा नखोलुन भनेर ध्यान दिइरहनु पर्छ । बालबालिका खेलिरहेको समय वा शारीरिक क्रियाकलाप जस्तै दौडिंदा, हिड्दा भने मास्क लगाउनु हुँदैन । 

    योसँगै बालबालिकालाई पोषिलो र सन्तुलित खाना खुवाउनु पर्छ । बालबालिकाले गर्ने भोजनमा फलफूल, सागपात, दालको झोल, गेडागुडी, अन्न पर्याप्त हुनु्पर्छ । यस्ता खानेकुराले रोग प्रतिरक्षा प्रणालीको विकास गर्छ । मसलायुक्त खानेकुरा, चिल्लो बढ िभएको तथा जंक फूडबाट बालबालिकालाई टाढा राख्नुपर्छ । 

    उनीहरुलाई भिडभाडयुक्त स्थान तथा सामाजिक समारोहबाट टाढा राख्नुपर्छ । कोही बिरामी भए बालबालिकालाई उनीहरुको छेउछाउ जानबाट रोक्नु पर्छ ।

    खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने बानिको विकास गराउनु पर्छ । 

    संक्रमण भए के गर्ने ?
    ज्वरो ४ दिनभन्दा अधिक समयसम्म आएमा, बच्चा थकित देखिए, खाना खानमा असमर्थ भए तुरुन्त चिकित्सकहाँ लैजानु पर्छ ।

    बच्चालाई सक्दोे झोलिलो खानेकुरा खानमात्र दिनुपर्छ । स्वास्थ्यमा कुनै पनि सुधार नभए तुरुन्त छातीको एक्स–रे गराउनु पर्छ । 

    कोरोना संक्रमण भएमा बालबालिकालाई पनि अन्य उमेर समूहका व्यक्तिलाई जस्तै लक्षणहरु देखिन्छ । 

    बालबालिकालाई छिटै निको हुने र थोरैलाई मात्र केही बढी समयसम्म लक्षण देखिने हुन्छ । (एजेन्सीकाे सहयाेगमा)

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij