एजेन्सी– ६ इंग्लिस क्लबले युरोपियन सुपर लिग (इएसएल) नामको नयाँ प्रतियोगिताको पुनः सदस्यता दिएका छन्। यसअघि यी ६ क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका थिए। तर, उनीहरुले इएसएलको सदस्यता लिएका हुन् । ६ क्लबले २०२३ सम्मको सदस्यता लिएको जनाएको छ ।
उक्त प्रतियोगितामा प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम संस्थापक क्लबमा रहेका थिए ।
तर, प्रतियोगिताको चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका सबै ६ क्लबले सुपर लिगबाट हात झिकेको थियो । यस्तै सुपर लिगको संस्थापक क्लबमा रहेका एट्लेटिको मड्रिड, इन्टर मिलान र एसी मिलानले पनि ईसीएको सदस्यता लिएका छन् ।
युरोपका १२ क्लबले आफ्नो नतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए । अब बार्सिलोना, रियल मड्रिड र युभेन्ट्स मात्र संस्थापक क्लबमा रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij