Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बाइडेनले भने– तालिवानले अफगानिस्तान कब्जा गर्नुमा भगुवा नेता जिम्मेवार  

बाइडेनले भने– तालिवानले अफगानिस्तान कब्जा गर्नुमा भगुवा नेता जिम्मेवार  

  • भाद्र १, २०७८ मंगलवार ०९:४७ बजे
  • 539
    SHARES
  • बाइडेनले भने– तालिवानले अफगानिस्तान कब्जा गर्नुमा भगुवा नेता जिम्मेवार  

    काठमाडौं– अमेरिकाका राष्ट्रपति जो बाइडेनले विद्रोही संगठन तालिबानले अफगानिस्तान कब्जा गर्नुमा त्यहीँका भगुवा नेता जिम्मेवार रहेको बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले यसमा आफूहरूको दोष नभएको दाबी गरेका हुन्।  

    अफगान सेनालाई सहयोग गरिरहेको अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गराउने निर्णय गर्नासाथ तालिबानले आफ्नो आक्रमण बढाउँदै देश नियन्त्रणमा सफल भएको भनेर बाइडेनको आलोचना भइरहेको छ। 
    एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्दै गत आइतबार तालिबान केन्द्रीय राजधानी काबुल पनि प्रवेश गरेपछि त्यही दिन अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपति देश छाडेर भागेका छन्। 

    यसैलाई संकेत गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानको अवस्था बिग्रिनुमा तिनै नेता जिम्मेवार भएको टिप्पणी गरेका हुन्। 

    बाइडेनले अफगान सेनालाई राम्रो तालिम तथा हतियार दिइएको तर उनीहरूले लड्न नपाएको टिप्पणी गरेका छन्। कतै कतै लडे पनि त्यो प्रभावकारी हुन नसकेको उनको भनाइ छ। 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij