काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले ज्वाइँ मोह देखाएको भन्दै आलोचना खेपिरहेका छन्। उनले आफ्नै भान्जेज्वाइँलाई एसियाली विकास बैंक (एडीबी)को सहल्लाहकार बनाउन सिफारिस गरेपछि आलोचना खेप्नु परेको हो। अर्थमन्त्री शर्माका भान्जेज्वाइँसमेत रहेका मन्त्रालयका शाखा अधिकृत भीमकान्त न्यौपानेलाई एडीबीको सल्लाहकारमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।
निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले उप–सचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय गरेका थिए। तर उक्त निर्णयलाई रद्द गर्दै अर्थमन्त्रीले भाञ्जेज्वाइँ न्यौपानेलाई पठाउन सिफारिस गरेको मन्त्रालयमा चर्चा छ।
आकर्षक तलवसुविधा हुने भएकाले मन्त्री शर्माले आफ्नै भान्जेज्वाइँलाई पठाउन लागेको अर्थ मन्त्रालय उच्च स्रोतको भनाइ छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij