Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भारतमा दैनिक थपिने संक्रमित पाँच महिना यताकै कम 

भारतमा दैनिक थपिने संक्रमित पाँच महिना यताकै कम 

  • 544
    SHARES
  • भारतमा दैनिक थपिने संक्रमित पाँच महिना यताकै कम 

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टाभित्र भारतमा १५४ दिन यताकै सबैभन्दा कम दैनिक कोरोना संक्रमित थपिएका छन् । 

    यसले भारतलाई निकै राहत दिएको छ ।

    भारतमा मंगलबार २५ हजार १६६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका हुन् । यो संख्या सोमबार ३६ हजारभन्दा बढी थियो । 

    यो अवधिमा ३६ हजार ८३० जना संक्रमणमुक्त भएका छन् । जसले गर्दा भारतमा सक्रिय संक्रमितको संख्या घटेर अब ३ लाख ६९ हजार ८४६ मात्र छ ।

    सक्रिय संक्रमितको यो संख्या पनि १४६ दिन यताकै कम हो । 

    कोरोनाविरुद्धको खोप अभियानलाई तीब्र बनाएसँगै संक्रमितको संख्या क्रमशः घट्दै गएको हो । 

    मंगलबारमात्र भारतमा ८८ लाख १३ हजारलाई खोप लगाइएको थियो । एकैदिन खोप लगाइएको यो अहिलेसम्मकै बढी हो । 

    हाल भारतमा निको हुने दर ९७ दशमलव ५१ प्रतिशत छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij