वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरिएमा एमालेबाट केही व्यक्ति बाहिरिन सक्ने बताएका छन् । एमालेले शान्तिपूर्ण जनपरिचालनको माध्यमबाट अध्यादेशको विरोध गर्ने उनको भनाइ छ । पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले सरकारले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याउन लागेको बताए ।
‘हिजो केपी ओलीले पनि संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनुभएकै हो । आज देउवा पनि ओलीकै बाटोमा हिँड्दा तपाईंहरुले खुशी मनाउनुपर्ने होइन रु’ भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘हिजो त्यो गलत थियो भनिसकेपछि आज कसरी सही हुन्छ । सबैतिरबाट आवाज उठाएपछि फिर्ता लिएको होइन रु’
आफूहरूले संसदीय दल र केन्द्रीय कमिटी दुवैतिर ४० प्रतिशतको प्रावधान राख्न खोजेको भए पनि अहिलेको सरकारले २० प्रतिशतले नै फुटाउन सक्ने गरी अध्यादेश ल्याउन लागेको उनले बताए । उनले एमालेले भातृ संगठनहरूमार्फत जनपरिचालन गरेर सरकारको यो निर्णयको विरोध गर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij