Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

माइतीघर मण्डलामा थारुवान मुक्ति मोर्चाको धर्ना

माइतीघर मण्डलामा थारुवान मुक्ति मोर्चाको धर्ना

  • 1.0K
    SHARES
  • माइतीघर मण्डलामा थारुवान मुक्ति मोर्चाको धर्ना

    काठमाडौं । थारुवान राष्ट्रिय मुक्ति मोर्चाले मंगलबारबाट काठमाडौंको माइतीघरमा धर्ना तथा प्रदर्शन गरेको छ । मोर्चाले जेलमा रहेकाहरुको रिहाइ, झुठा मुद्दा फिर्तालगायत माग राख्दै धर्ना गरेको हो ।

    कैलालीको टिकापुरमा भएको थरुहट थरुवान विद्रोहको ६ वर्ष पुग्न हुन लाग्दासमेत घटनामा संलग्न रहेका थारुहरूले न्याय नपाएको भन्दै मोर्चाले आन्दोलन गरेको हो ।

    ७ भदौ ०७२ भएको टिकापुर घटनामा संलग्न रेशम चौधरीलगायतका थारु नेताहरूमाथि सरकारले मुद्दा लगाएर थुनामा राखेको छ । सोही घटनापछि कतिपय थारुहरू मुलुकबाहिर लुकेर बस्न बाध्य भएको मोर्चाले जनाएको छ ।

    मंगलबार धर्ना कार्यक्रममा बोल्दै थारु आन्दोलनका अगुवा भानुराम थारुले पार्टीका शीर्ष नेता तथा प्रधानमन्त्रीहरुले रेशम चौधरी निर्दोष भएको बताए पनि उनको रिहाइ नगरेको भन्दै आपत्ति जनाए ।

    प्रदर्शनकारीहरूले जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेपालका नेताहरूलेसमेत रेशम चौधरीको नाममा राजनीति गरिरहेको भन्दै थारुहरूले आफ्नो अधिकारका लागि आफै अघि बढ्नुपर्ने बताए । मोर्चाले रेशम चौधरीलगायतका बन्दीको रिहाइ नभएसम्म आन्दोलन  जारी राख्ने जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij