Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पुनः भरिन थाले जिल्लाका कोभिड अस्पताल र आइसोलेशन

पुनः भरिन थाले जिल्लाका कोभिड अस्पताल र आइसोलेशन

  • 552
    SHARES
  • पुनः भरिन थाले जिल्लाका कोभिड अस्पताल र आइसोलेशन

    मान्म । विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड-१९ विशेष अस्पताल र आइसालेशन फेरि पुनः भरिन थालेका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड-१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्दै गएको छ । सङ्क्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा सङ्क्रमणका बिरामीले अस्पताल तथा आइसोलेशन कक्ष फेरि भरिन थालेका हुन् ।

    जिल्लामा दिन प्रतिदिन कोभिड-१९ को सङ्क्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए । “विगतमा शून्यमा झरेको कोभिड-१९ को सङ्क्रमण दर अहिले बढिरहेको छ,” उनले भने,“केही समय खाली भएको कोभिड अस्पताल मान्ममा अहिले २४ कोरोना सङ्क्रमितका बिरामी छन् भने दुई जनालाई अक्सिजन दिनु परिरहेछ ।”

    जिल्लाको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र पचालझरनालगायत स्थानीय तहले निर्माण गरेको कोभिड-१९ का आइसोलेशन कोभिड-१९ का बिरामीले भरिएको अधिकृत महतले जानकारी दिए । 

    जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेसम्मलाई निषेधाज्ञा जारी गरे पनि जिल्लामा निषेधाज्ञाको प्रभावकारी पालना नभएका कारणले कोभिड-१९ सङ्क्रमण दर बढेको स्थानीयवासी रामबहादुर शाहीले बताए ।

    जिल्लामा कोभिड-१९ को सङ्क्रमण दर बढेका कारणले जिल्लामा थप केही दिन निषेधाज्ञा जारी हुन सक्ने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij