Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अश्लील पोस्ट नहटाएको भन्दै ट्विटरविरुद्ध रुसको कारवाही 

अश्लील पोस्ट नहटाएको भन्दै ट्विटरविरुद्ध रुसको कारवाही 

  • फाल्गुण २७, २०७७ बिहिवार १२:१६ बजे
  • 738
    SHARES
  • अश्लील पोस्ट नहटाएको भन्दै ट्विटरविरुद्ध रुसको कारवाही 

    मस्को । रुसमा मिडियामाथि निगरानी गर्ने संस्थाले ट्विटरले प्रतिबन्ध लगाएको सामाग्री आफ्नो वेभसाइटबाट हटाउन नसकेको भन्दै ट्विटरको गति सुस्त बनाएको छ । रुसको यस संस्थाले ट्विटरबाट लागूऔषध तथा पोनोग्राफीसम्बन्धी करिब तीन हजार पोस्ट हटाउन आग्रह गरे पनि नहटाएको आरोप लगाएको छ । रुसी नागरिकको हितका लागि ट्विटरविरुद्ध कारवाही गरिएको बताइएको छ । 

    रुसमा राष्ट्रपति भ्लादमिर पुटिनको विरोधीले ट्विटरको निकै प्रयोग गर्छन् । पुटिनका आलोचकले ट्विटरलाई कारवाही गरेपछि वेभसाइटमा फोटो तथा भिडियो हेर्न कठिन भएको बताएका छन् । रुसमा सबै मोबाइल र करिब आधा डेस्कटप उपकरणमा ट्विटरको गति सुस्त बनाइएको छ । रुसी अधिकारीका अनुसार ट्विटर जुन प्रतिबन्धित सामाग्री हटाउन असफल रहेको छ, यसले नाबालिगलाई आत्महत्या गर्न उक्साउने र बालबालिकाको अश्लील तस्बिरलाई बढावा दिन्छ । साथै नशालु पदार्थको उपयोगसम्बन्धी जानकारी पनि ट्विटरले आफ्नो प्लेटफर्मबाट हटाएको छैन । 

    केही मिडियाले रुसले इन्टरनेटको स्पिड नै घटाएको दाबी गरेका छन् । ट्विटर रुसमा सबैभन्दा बढी चल्ने सामाजिक सञ्जालमा छैठौं स्थानमा छ । ट्विटरले रुसको कारवाहीका कारण ‘गम्भीर रुपले चिन्तित’ रहेको बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # ट्विटर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij