Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

माधव नेपालको नयाँ पार्टीमा यी तीन नेता नजाने 

माधव नेपालको नयाँ पार्टीमा यी तीन नेता नजाने 

  • 797
    SHARES
  • माधव नेपालको नयाँ पार्टीमा यी तीन नेता नजाने 

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल समूहका केही स्थायी कमिटी सदस्यहरू नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेको नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा छ ।

    नेपाल पक्षका नेताहरू यतिखेर बानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन् । जहाँ नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू छलफलमा छन् । नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको छ । 

    प्रस्तावित पार्टीको विधान र संरचना समेत तयार भइसकेको एक केन्द्रीय सदस्यले बताए । तर, उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई भने नेपालले गठन गर्ने नयाँ पार्टीमा सामेल नहुने भएका छन् ।        

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij