Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दुई किशोरीको शव खोलामा भेटियो, हत्या भएको आशंका 

दुई किशोरीको शव खोलामा भेटियो, हत्या भएको आशंका 

  • 986
    SHARES
  • दुई किशोरीको शव खोलामा भेटियो, हत्या भएको आशंका 

    सर्लाही । सर्लाहीका दुई अलग स्थानमा एक साताको अन्तरालमा दुई किशोरीको संकास्पद मृत्यु भएको छ । 

    दुवै किशोरीको मृत्युमा तीन कुरा समान पाइएको छ । घरबाट हराएको केही दिनमा मृत अवस्थमा फेला पर्नु, दुबैको शव गाउँ नजिकैको खोलमा भेटिनु र दुबैको उमेर १६ वर्ष हुनु ।

    साउन ३१ गते घरबाट हराएकी लालबन्दी नगरपालिका १७ कि प्रियंका भुजेलको शव मंगलबार राति गाउँ नजिकैको कालिन्जोर खोलमा भेटिएको थियो । 

    उनको मृत्यु संकास्पद छ । उनको हत्या भएकोभन्दै स्थानीयले बुधबार लालबन्दीमा दोषीलाई कारबाही माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पनि गरे ।

    त्यसगरी बरहथवा नगरपालिका ११ हिरापुरकी १६ वर्षीया लालो राउत साउन २७ गते साँझ घरबाट हराइन् । भोलिपल्ट उनको शव मनुष्मारा खोलको व्यारेजमा फेला पर्यो । लालोको शव हात बाँधेको अवस्थामा फेला परेको थियो । 

    दुबैको हत्या भएको स्थानीयले दावी गरेका छन् । प्रहरीले अनुसन्धान भइरहेको बताए पनि दोषी किटान गर्न सकेको छैन् । किशोरीको हत्या हुने क्रम बढ्दा स्थानीय त्रसित भएका छन् । 

    किशाेरीकाे हत्याजस्ताे जघन्य अपराध गर्नेलाई पहिचान गरी कारबाही गर्न प्रहरीलाई दवाव बढेको छ । प्रहरीले यस्ता घटनामा दोषी पहिचान गरेर कारबाही गर्न नसके अपराधीहरुको मनोबल बढेर थप अपराध बढ्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । किशोरीको शव खोलामा भेटिएपछि दोषीमाथि कारबाही माग गर्दै चक्का जाम  किशोरीको शव खोलामा भेटिएपछि दोषीमाथि कारबाही माग गर्दै चक्का जाम 

    तीन दिनअघि हराएकी किशोरीको शव खोला किनारमा भेटियो तीन दिनअघि हराएकी किशोरीको शव खोला किनारमा भेटियो

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij