Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

महाकाली नदीमा वेपत्ता धामीको न्यायको लागि साढे नौ हजार हस्ताक्षर संकलन

महाकाली नदीमा वेपत्ता धामीको न्यायको लागि साढे नौ हजार हस्ताक्षर संकलन

  • 780
    SHARES
  • महाकाली नदीमा वेपत्ता धामीको न्यायको लागि साढे नौ हजार हस्ताक्षर संकलन

    कन्चनपुर । तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि महाकाली नदीमा खसेर वेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर संकलन गरिएको छ ।

    डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर संकलन गरिएको जरोकिलो पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए ।

    'वेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ,' जाेशीले भने, 'संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ ।'

    महाकालीमा वेपत्ता भएपछि ड्रोन क्यामेराका सहयोगमा वेपत्ता धामीकाे खाेजी कार्य गरिए पनि फेला पार्न सकिएको छैन । (तुइनकाे फाइल फाेटाे)

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij