Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बायर्नले निकाल्यो पहिलो जित 

बायर्नले निकाल्यो पहिलो जित 

  • भाद्र ७, २०७८ सोमवार ०८:५९ बजे
  • 402
    SHARES
  • बायर्नले निकाल्यो पहिलो जित 

    एजेन्सी – बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा पहिलो जित दर्ता गरेको छ। साविकको विजेता बायर्नले कोल्नमाथि संघर्षपुर्ण जित निकालेको हो। बायर्नले घरेलु मैदानमा एफसी कोल्नमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।

    यसअघि बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेलेको थियो । घरेलु मैदानमा बायर्नको जितमा सर्ज गिनाब्रीले दुई तथा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको नाममा रह्यो । कोल्नका एन्थोनी मोडेस्टे र मार्क अर्थले गोल गरेपनि हार टार्न सकेन ।

    जितपछि बायर्नको २ खेलबाट ४ अंक पुगेको छ । पराजित कोल्नको २ खेलबाट ३ अंक छ । बुन्डेसलिगामा कोल्नको यो पहिलो हार हो । यसअघि कोल्नले हर्था बर्लिनलाई ३–१ ले पराजित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # बायर्न म्युनिख

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij