एजेन्सी– एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ । साविकको विजेता एट्लेटिकोले घरेलु मैदानमा आइतबार राति भएको खेलमा इल्चेलाई १–० ले पराजित गर्दै नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको हो ।
एट्लेटिकोले पहिलो खेलमा सेल्टा डि भिगोलाई पराजित गरेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेआले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
३९औं मिनेटमा रोड्रिगो डि पउलको पासमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई १–० ले अघि बढाए । सोही गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो।
लगातार दोस्रो जितसँगै एट्लेटिको ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । ४ अंक जोडेर रियल मड्रिड, बार्सिलोना, मलोर्का र भ्यालेन्सिया शीर्ष पाँचमा रहेका छन् । पराजित इल्चे १ अंक जोडेर १६औं स्थानमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij