वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ७२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनयता ३० हजारको हाराहारीमा हुने दैनिक संक्रमित स्वाट्टै घटेको हो । दैनिक संक्रमितको यो संख्या १६० दिन यताकै कम भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या कम हुनुले भारतमा उत्साह जगाएको छ । त्यसैगरी यो अवधिमा ४४ हजार १५७ जना संक्रमणमुक्त भएका छन् । दैनिक संक्रमित घट्नु र संक्रमणमुक्त हुनेको संख्या बढ्नुले भारतलाई निकै राहत दिएको छ ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या घटेर ३ लाख ३३ हजार ९२४ मात्र छ । भारतमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएसँगै सकारात्मक खबर आउन थालेका छन् ।
भारतले आगामी दिनमा कोरोनाविरुद्धको खोपलाई झन् तिव्रताकासाथ अगाडि बढाउने जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij