वेबटिभी खबर
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको अवरोधबीच लुम्बिनीका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत मागेका छन् । सांसद् अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयसमक्ष माग गर्दै आएको एमाले आफ्नो माग पुरा नभएपछि प्रदेशसभा चल्न नदिन लागिपरेको छ ।
एमालेकै अवरोधकै कारण १ भदौदेखि प्रदेशसभा बैठक रोकिँदै आएकोमा सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत माग्ने भएका हुन् । लुम्बिनी प्रदेशसभाको जारी बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कारकैबीच मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारी गरेका हुन् ।
चौथो बैठक केहीबेर अघि सुरु भएको छ । केसीले सदनसमक्ष विश्वासको मत दिन माग गरेका छन् । शाही र वलीलाई पदमुक्त नगरेसम्म एमालेले प्रदेशसभा चल्न नदिने चेतावनी दिँदै आएको छ । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २८ साउनमा नियुक्त मुख्यमन्त्री केसीले सोमबार विश्वासको मत लिने भएका हुन् । फाइल तस्बिर ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij