Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

श्रीमती र बुबाको हत्या गरेको आरोपमा युवक पक्राउ 

श्रीमती र बुबाको हत्या गरेको आरोपमा युवक पक्राउ 

  • 664
    SHARES
  • श्रीमती र बुबाको हत्या गरेको आरोपमा युवक पक्राउ 

    जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका ५ का एक युवकले गएराति आफ्नै बुबा र श्रीमतीको हत्या गरेका छन् । हत्या आरोपमा युवकलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।

    २४ वर्षीया श्रीमती अमिरकादेवी र ५५ वर्षीय बुबा रामवृक्षलाई हत्या गरेको आरोपमा २७ वर्षीय भागेश्वर मण्डललाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    प्रहरीका अनुसार भागेश्वर टोलाइ रहेको र उनका दुई बच्चाहरु बिहानै रोइरहेको देखेर छिमेकीले शंका लागि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेपछि भागेश्वरले बुबा र श्रीमतीको हत्या गरेको खुलेको हो ।

    गत चैतमा मात्र वैदेशिक रोजगारीबाट फर्केका भागेश्वरले बुबा र श्रीमतीको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् ।

    हत्या गरेर बगैंचामा गाडेकाे अवस्थामा प्रहरीले दुवैजनाकाे शव फेला पारेको छ । बस्नेतका अनुसार भागेश्वरले नै शव गाडेको ठाउँ देखाएका हुन् । भागेश्वरले प्रहरीलाई दिएको प्रारम्भीक बयानमा पहिले बुबाको त्यसपछि श्रीमतीको हत्या गरेको बताएका छन् । 

    भागेश्वरको घर एकान्तमा भएकाले घटनाबारे राति कसैले पनि थाहा पाएका थिएनन् । बस्नेतले एक्लो घर भएकाले छिमेकीले थाहा पाउने अवस्था नरहेको बताए ।

    ‘भागेश्वरले एक्लैले दुबैको हत्या गरेको बताएका छन,’ बस्नेतले भने, ‘हामी अनुसन्धान गर्दै छौं ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij