वेबटिभी खबर
काठमाडौं । सरकारले उखु किसानको समस्या तत्काल समाधान नगरे आफूहरू आन्दोलनमा उत्रिने अखिल नेपाल किसान महासंघले चेतवानी दिएको छ । महासंघका तर्फबाट अध्यक्ष प्रेम दंगालले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।
किसानहरूले बजारको बढ्दो मूल्यअनुसार उखुको मूल्य नपाएको, चिनी मिल र उद्योगलाई बिक्री गरेको उखुको मूल्य नपाएपछि उखु किसानहरू चरणवद्ध रूपमा आन्दोलन गर्दै आएकाले किसानहरूका यी समस्या सरकारले तत्काल पुरा गरिदिनुपर्ने महासंघले माग गरेको छ ।
‘उखु किसानका जायज मागहरूलाई सम्बोधन गर्न ढिलासुस्ती र बेवास्ता गरिएमा आम किसानहरूका साथमा परिचालन हुँदै महासंघ संघर्षमा उत्रिन बाध्य हुनेछ,’ अध्यक्ष डा.प्रेम दंगालद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij