Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सभामुख र निर्वाचन आयोगविरुद्ध कानुनी उपचारमा जाने एमालेको निर्णय

सभामुख र निर्वाचन आयोगविरुद्ध कानुनी उपचारमा जाने एमालेको निर्णय

  • 518
    SHARES
  • सभामुख र निर्वाचन आयोगविरुद्ध कानुनी उपचारमा जाने एमालेको निर्णय

    काठमाडौं । सभामुख र निर्वाचन आयोगले संवैधानिक विधि र प्रक्रिया मिचेको नेकपा एमालेले ठहर गरेको छ ।  बिहीबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा यसबारे छलफल भएको छ । 

    ‘पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गरेको सुचना सभामुखले नगराएको र कारबाहीमा परेका व्यक्तिको सनाखतलाई मान्यता दिएकोमा आयोगविरुद्ध कानुनी उपचारमा जाने बैठकको निर्णय छ,’ सचिव प्रदीप ज्ञवालीले भने ।

    १ भदामा बसेको एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले पार्टी विभाजनमा लागेका माधव नेपालसहित एमालेका १४ जना सांसदलाई कारबाही गरेको थियो । तर, त्यसको आगामी प्रक्रिया सभामुखले अघि नबढाएको र कारबाहीमा परेकै व्यक्तिले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको सनाखतलाई मान्यता दिएको भन्दै सभामुख र आयोगसँग एमाले रुष्ट बनेको हो । 

    ‘सभामुख र आयोगको यो भूमिकाप्रति एमाले कानुनी उपचारमा जाने भएको हो,’ सचिव ज्ञवालीले भने ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij