वेबटिभी खबर
काठमाडाैं । दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
१५ साउनमा भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी बेपत्ता भएका थिए ।
यस्तै सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गरेको छ ।
बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्वन्यायाधीश जागेश्वरसिंह सुवेदीलाई नियुक्त गरेको प्रवक्ता कार्कीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij