Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आफ्नै कार्यक्रमले गिज्यायो निधिलाई

आफ्नै कार्यक्रमले गिज्यायो निधिलाई

  • 764
    SHARES
  • आफ्नै कार्यक्रमले गिज्यायो निधिलाई

    काठमाडौं । नेपालमा दिनहुँ कोरोना ग्राफ उकालो लागिरहेको छ । तर, मानिसहरूको भीडभाड भने रोकिएको छैन । नेताहरूले पनि जनस्वास्थ्यको ख्याल नगरी कार्यकर्ता जम्मा गरेर कार्यक्रम गरिरहेका छन् । शुक्रबार काठमाडौंमा त्यस्तै एउटा कार्यक्रम देखियो ।

    ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन, बिमलेन्द्र निधिको सम्पर्क कार्यालय शुभारम्भ समारोह' कार्यक्रमको आयोजना गरेका थिए नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले । कार्यक्रममा देशभरबाट उनीनिकट सयौं नेता तथा कार्यकर्ता उपस्थित थिए ।

    web 1.PNG

    स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी र मास्क अनिवार्य प्रयोग गर्न सुझाइ रहँदा निधिको कार्यक्रममा भने न सामाजिक दूरी थियो न त मास्क नै । उपस्थितमध्ये थोरैले मात्रै मास्क प्रयोग गरेका थिए ।

    nidhiprogreamne.PNG

    उद्घाटन कार्यक्रममा बोल्दै निधिले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरे । भाषण गर्दै जाँदा बीचमा उनले कोरोना भाइरसबाट जोगिनुपर्ने बताए । उनले भने, ‘कोरोना भाइरसबाट ज्यान जोगाऔं ।’ उनको यो भनाइलाई उनकै कार्यक्रमको भीडले भने गिज्याइरहेको थियो । 

    nidhiprosweb.PNG

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij