Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बागमतीमा हराइरहेको बागमती

बागमतीमा हराइरहेको बागमती

  • भाद्र १२, २०७८ शनिवार १४:१२ बजे
  • 1.1K
    SHARES
  • बागमतीमा हराइरहेको बागमती

    काठमाडौं भन्नेबित्तिकै नेपालको सबैभन्दा ठुलो सहर, भौतिक, सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक, स्वास्थ्य, शिक्षा तथा रोजगारका अवसरहरू रहेको स्थान बुझिँदै आएको छ ।

    नेपालको संघीय राजधानी रहेको काठमाडौंमा विभिन्न जिल्ला तथा विदेशबाट आएर पनि मानिसहरू बसोबास गरिरहेका छ्न् ।

    नेपालको संविधानले निर्दिष्ट गरेको संघीय संरचनाअनुसार बागमती प्रदेशमा रहेको छ काठमाडौं । पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमाह फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौं उपत्यकामा करिब ४० लाख  जनसंख्या छ भने घरहरूको यकिन संख्या उल्लेख रहेको देखिँदैन । उपत्यकामा तीन जिल्ला रहे पनि व्यापारिक र प्रशासनिक क्षेत्रमा काठमाडौं अग्रणी छ ।

    नेपालको मौलिक संस्कृति, सभ्यता र सम्पदाको खानी यस जिल्लाको आफ्नो अलग पहिचान छ ।

    धार्मिक, सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलको पहिचान बनाएको काठमाडौं मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो । यस क्षेत्रमा बढी जनघनत्व रहेकाले पछिल्लो समय यसको सुन्दरता र निखारपनमा गिरावट आएको स्पस्ट देख्न सकिन्छ ।

    फोहोरमैला व्यवस्थापन हुन नसकेर काठमाडौंको लोकप्रियता तथा प्राकृतिक सौन्दर्य पनि धरापमा पर्ने स्थित देख्न सकिन्छ ।

    काठमाडौंको जीवीत संस्कृतिमा रहेको सम्पदा हो– बागमती नदी । जुन नदीको नामबाट ‘बागमती प्रदेश’ नामकरण गरिएको छ, काठमाडौंमा त्यही नदी प्रदूषित भएर बग्न विवश छ । सभ्यताको द्योतक बागमती नदीको हालको अवस्था मन दुखाउने खालको छ । अझ यसैको किनारमा बसेर दैनिकी गुजार्नुपरेका लाखौं जनता दूषित नदीका पीडित नै हुन् ।

    उपत्यकाको फोहोर तथा हरेक घर–घरबाट निस्किएको फोहोर ढल भण्डार गर्ने डम्पिङ साइडजस्तो देखिने बागमती नदीको पहिचान र अवस्थित्व नै फोहोरका कारण हराएर गएको देखिन्छ ।

    काठमाडौं सहर बिचबाट बगेको नदी कालो लेदो छेउ–छेउमा फोहोर प्लास्टिक तथा गनाउने चिजहरू साइडमा गन्ध आउला कि भनेर मुख छोपेर हिँडिरहेका मानिसहरू देख्दा लाग्छ– उनीहरू डम्पीङ साइडको अनुगमनमा करै गरेर हिँडिरहेछन् ।

    बागमती नदी बाध्यताका कारण फोहोरै फोहोर भएर बगिरहेकी छिन् । यो बाध्यता उनको दैनिकी बनेको छ । उनले चाहेअनुसार हुने भए उनी त्यो फोहोरबिना कञ्चन पानीमा बग्न चाहन्थिन् ।

    उनीलाई नजिक आएर मानिसले स्पर्श गरेको, पिइदिएको, पवित्र बनाएको हेर्ने चाहान्थिन् होला ।  उनको बसमा भइदिएको भए उनी हरेक घरको पिउने पानीसम्म बन्न सक्थिन् तर यो सब उनको सपना र कल्पनामा सीमित भएका छन् ।

    पहिलोपल्ट काठमाडौं जाँदै थियो पुर्बबाट गाडी । गौशालानजिक लेदो नै लेदो भएर पानी बगिरहेको ठाउँमा गाडी रोकियो । मैले ड्राइभर दाइलाई यो के हो भनेर प्रश्न गरेँ उनले– ‘बागमती नदी’ भनेपछि बल्ल थाहा भो सुनेकोभन्दा पनि धेरै फोहोर्नी बनाइएको रहेछ उनलाई ।

    पशुपतिको काखबाट बगेकी बागमती नदीमा उनको रूप, सभ्यता प्राकृतिकपन  तथा पवित्रता भन्ने केही देखिएको थिएन । उनी रुँदै–रुँदै फोहोरमा लुटुपुटु गर्दै बीगरहेकी थिइन् । न उनलाई कसैले हेर्न सक्ने न त छुन नै ।

    घरबाट निस्केका फोहोर तथा ढललाई उचित व्यवस्थापन नगरेसम्म काठमाडौंको हालतलाई सुधार गर्ने सकिन्न ।

    आधुनिक रहनसहन र सहरीकरणको तीव्र फैलावटको यो समयामा बागमतीलाई बागमतीमै हराउन नदिई निर्मल र कञ्चन पार्न हामी युवा वर्गको जाँगर पनि निक्कै आवश्यक छ ।

    नेपालको संघीय राजधानी तथा देशकै एउटा नमुना सहरको रूपमा रहेको काठमाडौंलाई प्राकृतिक  रुपमा सुन्दर र पर्यटकीय रूपमा अझ आकर्षक बनाउन बागमती नदीको सरसफाई अत्यावश्यक छ ।

  • सम्बन्धित विषय:

  • # बागमती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij