Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बेटिसलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

बेटिसलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

  • भाद्र १३, २०७८ आइतवार ०९:०० बजे
  • 452
    SHARES
  • बेटिसलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

    काठमाडौं– संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड ला–लिगाको शीर्ष स्थानमा पुगेको छ ।  शनिबार रातिको खेलमा म्याड्रिडले रियल बेटिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको एकमात्र निर्णायक गोल दोस्रो हाफको ६१ मिनेटमा सम्भव भएको थियो । डिफेण्डर ड्यानी कार्भाजलले हेडिङ मार्फत गोल गरेका थिए । 

    जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा छन् । पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ ।

    राति नै भएका अन्य खेलमा सेल्टा डि भिगोलाई एट्लेटिको बिल्वाओले १–० तथा रियल सोसिडाडले लेभान्तेलाई १–० गोल अन्तरले पराजित गरे । इल्चे र सेभियाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • सम्बन्धित विषय:

  • # रियल मड्रिड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij