एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंकवादी हमला हुन सक्ने बताएका छन्। सम्भावित खतराका बारेमा अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ।
राष्ट्रपति बाइडेनले शनिबार काबुल विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने सूचना पाएको बताएका थिए। बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको थियो। बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन दिएको पनि बताएका थिए।
आइतबार काबुलस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई विमानस्थलमा नजान र विमानस्थलमा भए सुरक्षित ठाउँमा जान भनेको छ।राष्ट्रपति बाइडेनले आइएसआइएसकेविरूद्ध शुक्रबारको आक्रमण अन्तिम नभएको बताएका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij