Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दलित परिवार सुरक्षित नागरिक आवास कार्यक्रमबाट वञ्चित

दलित परिवार सुरक्षित नागरिक आवास कार्यक्रमबाट वञ्चित

  • 615
    SHARES
  • दलित परिवार सुरक्षित नागरिक आवास कार्यक्रमबाट वञ्चित

    सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका-३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन् ।

    गत आर्थिक वर्षमा नगरपालिकाले सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो । तर वडा कार्यालयले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको बताइएको छ ।

    वडा सदस्य ओम प्रकाश साहका अनुसार सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत आव २०७७/०७८ का लागि ३० दलित घर छनोट गरेको भए पनि स्थानीय देवकान्त चौधरीको जग्गामा उक्त निर्माण थालिएका घर परेपछि निर्माण कार्य रोकिएको छ ।

    चौधरीले वडा कार्यालयमा लिखित निवेदनसहित सो जग्गामा निर्माण कार्य नगर्नु/नगराउनु भनेकाले आवास निर्माण अलपत्र परेको कञ्चनरुप नगरपालिकाका राजकुमार साहले जानकारी दिए । तीमध्ये १३ जनाको घर उक्त जग्गामा परेको जनाइएको छ । 

    वडा कार्यालयले सो कार्यक्रमअन्तर्गत आफूहरुलाई सिटिजन बैंक कञ्चनपुरमा खाता खोल्न लगाए पनि अहिलेसम्म खातामा रकम नआएको स्थानीयवासी रत्न सदाले बताए ।

    वर्षौंदेखि बसिरहेको जग्गामा पनि घर बन्न नदिएपछि ३० मुसहर दलित परिवार बिचल्लीमा परेको स्थानीयवासीको गुनासो छ । जग्गा यकीन नभएका कारण उनीहरुको घर निर्माण हुन समस्या भएको बताइएको छ । सुरक्षित नागरिक आवासका लागि अर्को ठाउँमा जग्गा खोजी कार्य भइरहेको नगरपालिकाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij